अमेरिकी र रुसी राष्ट्रपतिबीच भिडियोमार्फत वार्ता, युक्रेनमा रुसको आक्रमण

बुधबार, मंसिर २२, २०७८

वासिङ्टन, २२ मङ्सिर । अमेरिकी राष्ट्रपति जो बाइडेन र उनका रुसी समकक्षी भ्लादिमिर पुटिनबीच भिडियोमार्फत वार्ता भएको छ । सो वार्ताका क्रममा उनीहरुबीच दुई देशबीचको सम्बन्धका विविध आयामहरुका बारेमा कुराकानी भएको बताइएको छ ।
उनीहरुका बीचमा मंगलबार भिडियो वार्ता भएको विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । उनीहरुबीच दुई देशका आपसी सम्बन्धका साथै युक्रेन र अरु विविध क्षेत्रीय समस्याका बारेमा पनि कुराकानी भएको थियो ।  सो वार्ताका क्रममा अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेनमा रुसी संलग्नताका विषयमा कुराकानी भएको र यस विषयमा अमेरिकाको चासो रहेको बताएका थिए । 
भिडिओ वार्ताका क्रममा अमेरिकी राष्ट्रपति जो बाइडनले रुसी सैन्य उपस्थिति बढाइएको विषयबारे चिन्ता व्यक्त गरेको थिए । उता रुसले पछिल्लो समय युक्रेनसँगको सीमानजिकमा सैन्य उपस्थिति बढाएको छ । यस विषयमा अमेरिकाले चासो राख्दै आएको छ ।
छलफलमा भने रुसी राष्ट्रपति पुटिनले भने युक्रेनलाई आक्रमण नगर्ने जानकारी दिएका थिए । वार्ताका क्रममा अमेरिकी राष्ट्रपति बाइडेनले अमेरिका युक्रेनको अखण्डता र उसको स्वतन्ताप्रति प्रतिबद्ध रहेको बताएका थिए । वार्ताका क्रममा इरानको पारमाणविक सम्झौताका विषयमा पनि कुराकानी भएको थियो ।– रासस/सिन्ह्वा
 

प्रकाशित मिति: बुधबार, मंसिर २२, २०७८  १८:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार