ट्रम्पमाथि महाभियोग : सुनुवाइ जारी राख्नुपर्ने पक्षमा सिनेटद्वारा मतदान

बुधबार, माघ २८, २०७७

वासिङ्टन । अमेरिकी सिनेटले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाभियोगबारे सुनुवाइ गर्नु संवैधानिक रहेको भन्दै मतदान गरेको छ । सिनेटमा भएको मतदानमा पक्षमा ५६ मत खसेको थियो भने विपक्षमा ४४ जनाले मत दिएका थिए । यसको अर्थ निवर्तमान राष्ट्रपति ट्रम्पविरुद्ध दोस्रो महाभियोगबारे सुनुवाइले निरन्तरता पाउनेछ । सुनुवाइ जारी राख्नुपर्ने पक्षमा छजना रिपब्लिकनले पनि मतदान गरेका थिए । सुनुवाइ प्रक्रियालाई निरन्तरता दिनका निम्ति सामान्य बहुमत चाहिएको थियो । गत महिना हाउस अफ रेप्रेजेन्टेटिभ्सले दोस्रो पटक ट्रम्पमाथि महाभियोग लगाएको थियो ।
उनका समर्थकहरूले क्यापिटल भवनमाथि आक्रमण गर्दा एक प्रहरी अधिकारीसहित पाँच जनाको मृत्यु भएको थियो भने संसद् भवनभित्र रहेका सांसदहरू लुक्नुपरेको थियो । अमेरिकी इतिहासमा दुई पटक महाभियोग लगाइएका ट्रम्प पहिलो राष्ट्रपति हुन् । त्यसैगरी अमेरिकामा महाभियोग लगाइएका कुल तीनमध्ये एक राष्ट्रपति पनि उनी हुन् ।
राजनीतिक अस्त्र
ट्रम्पका वकिलहरूले संसद् भवनमाथि आक्रमणका लागि उनले नउक्साएको दाबी गरेका छन् । उनीहरूमध्ये एक डेविड सोनले त्यसको आलोचना गर्दै महाभियोग प्रक्रियालाई ‘राजनीतिक अस्त्र’ बनाइएको दाबी गरे । बुधवारबाट सुनुवाइले फेरि निरन्तरता पाउनेछ ।ट्रम्पका वकिलहरूले उनीविरुद्ध सुनुवाइ गर्न खोज्नु असंवैधानिक भएको पनि दाबी गर्दै आएका छन् । उनी अहिले पदमा नरहेको र आमनागरिक भइसकेको वकिलहरूको तर्क छ । पछिल्लो राष्ट्रपतीय चुनावयता थप अमेरिकीहरूलाई कट्टरपन्थतर्फ डो¥याइएको भन्दै विज्ञहरूले राजनीतिक हिंसाको जोखिम बढ्न सक्ने चेतावनी दिएका छन् ।
एक महिना लामो खोजबिनपछि संसद् भवनमाथि आक्रमण गरेको आरोपमा २२१ जनाविरुद्ध अभियोग दायर गरिएको विवरणहरूमा जनाइएको छ । महाभियोगसम्बन्धी आरोपबारे जबाफ दिँदै पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पका वकिलहरुले ट्रम्पका समर्थकहरूले आफ्नै विवेकमा संसद् भवनमाथि आक्रमण गरेको जिकिर गरेका छन् । वाशिङ्टनस्थित क्यापिटल भवनमाथि गत जनवरी ६ तारिखको दिन आक्रमण भएको थियो । मंगलबारबाट अमेरिकी संसद्को माथिल्लो सदन सिनेटमा महाभियोगसम्बन्धी सुनुवाइ शुरू हुँदैछ । गत महिना तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सले दोस्रो पटक ट्रम्पमाथि महाभियोग लगाएको थियो । हिंसात्मक दङगा शुरू हुनुअगाडि आफ्ना समर्थकहरूलाई ‘हिंसाका लागि उक्साएको’ उनीमाथि आरोप छ ।–बीबीसी 
 

प्रकाशित मिति: बुधबार, माघ २८, २०७७  ०९:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार