सोसल मिडिया
Contact Us
युनिकोड
बग्दाद, २१ मङ्सिर । इराकको दक्षिणी सहर बसरामा मङ्गलबार भएको मोटरसाइकल विष्फोटमा चार जनाको मृत्यु हुनाका साथै अन्य चार जना घाइते भएको इराकी सेनाले जनाएको छ । राजधानी बग्दादबाट करिब ५५० किलोमिटर दक्षिणमा रहेको मध्य–बसराको अल–सोमोदमा फसेको मोटरसाइकलमा दिउँसो विष्फोट भएको इराकी संयुक्त अपरेसन कमान्ड (जेओसी) को मिडिया कार्यालयले विज्ञप्ति मार्फत जनाएको छ । बसरा स्वास्थ्य विभागको प्रारम्भिक रिपोर्टलाई उद्धृत गर्दै विज्ञप्तिमा भनिएको छ, विष्फोटले नजिकैका दुई वटा नागरिक कारहरूमा आगजनी गरेको छ जसमा चार जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । घटनाको बारेमा थप जानकारी पछि सार्वजनिक गरिने विज्ञप्तिमा जनाइएको छ । विष्फोटक विज्ञ र सुरक्षा बलले विष्फोट भएको ठाउँमा अनुसन्धान गरिरहेको छ ।
बुरुन्डीको कारागारमा आगलागी हुँदा ३८ जनाको मृत्यु
बुरुन्डीको एउटा कारागारमा भएको भीषण आगलागीमा परी कम्तीमा ३८ कैदीको मृत्यु भएको छ । आगलागीमा परी दर्जनौँ कैदीको मृत्यु हुनुका साथै अरु कैयौँ जना गम्भीर घाइते भएको उपराष्ट्रपति प्रोस्पर बोजोम्बान्जाले बताए । बुरुन्डीको राजधानी गिटेगामा रहेको कारागारको अधिकांश भाग आगोले ध्वस्त भएको छ भने आगलागीको समयमा धेरै कैदीहरू सुतिरहेकोले धेरै कैदीको मृत्यु भएको एक प्रत्यक्षदर्शीले एएफपीलाई बताए । केही वरिष्ठ मन्त्रीहरूसँग उक्त दुर्घटनाको दृश्य हेर्न गएका ३८ जनाको मृत्यु भएको र ६९ जना गम्भीर घाइते भएको सञ्चारकर्मीसँगको कुराकानीमा उपराष्ट्रपति बाजोम्भान्जाले पुष्टि गरे । स्थानीय समयअनुसार बिहान ४ः०० बजे सुरू भएको आगलागीको कारण विद्युत् चुहावटका कारण भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानपछि बताइएको छ । फोनमार्फत् एएफपीलाई प्रतिक्रिया दिँदै प्रत्यक्षदर्शी एक कैदीले भने, “हामीले आगोको ज्वाला धेरै माथि उठेको देखेपछि डरले कराउँदै ढोका खोल्न भन्यौँ तर प्रहरीले ढोका खोल्न आदेश नपाएको भन्दै अस्वीकार गरेकाले ठूलो मानवीय क्षति हुन पुग्यो । उनले भने, “म कसरी उम्केँ थाहा छैन । धैरै कैदीहरू भाग्दाभाग्दै आगोले जलेर मरे ।” साक्षीहरूले भने, “आगलागीमा गम्भीर घाइते भएकाहरूलाई प्रहरी पिकअप ट्रकमा हाली अस्पताल लगियो भने सामान्य घाइते केहीलाई घटनास्थलमा नै उपचार गरिएको थियो ।”–रासस/एएफपी