सोसल मिडिया
Contact Us
युनिकोड
जाकार्ता, २१ मङ्सिर । इन्डोनेसियाको जाकार्तामा गत शनिबार भएको ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनु व्यक्तिको सङ्ख्या ३४ पुगेको छ । ज्वालामुखी विस्फोटमा परेर अरु १७ जना हराइरहेका छन् । गत शनिबार इन्डोनेसियाको जाभा प्रान्तको पूर्वीक्षेत्रमा लुमाजाङ्ग नामक जिल्लामा सो ज्वालामुखी निस्किएको थियो । यहाँका स्थानीय नागरिक नराम्ररी प्रभावित भएका छन् । ज्वालामुखीको खरानीले गर्दा उनीहरु भाग्ने क्रममा मृत्यु भएको हो । प्रभावित क्षेत्रबाट करिब तीन हजार ७०० व्यक्तिलाई सुरक्षित स्थानमा लगिएको छ । ज्वालामुखी भग्नावशेष, भत्किएका भवन र ध्वस्त भएका सवारीसाधनमा बाँचेका र शव खोज्दै, उद्धारकर्ता खतरनाक परिस्थितिसँग लडिरहेका छन् । खोजी टोलीले मङ्गलबार अपरेसनमा सहयोग गर्न कुकुर तैनाथ गरेका थिए । यहाँको राष्ट्रिय प्रकोप व्यवस्थापन विभागका प्रवक्ता अब्दुल मुहारीले यहाँ अहिलेसम्म पनि १७ जना व्यक्ति हराइरहेको जानकारी दिए । उनले हराएका ती व्यक्तिको बारेमा पत्ता लाग्न सकेको छैन, उनीहरु हराएका या मृत्यु भएको पनि हुनसक्ने बताएका छन् । जाकार्ताको स्थानीय समयानुसार शनिबार दिउँसो ३ बजेर १० मिनेट जाँदा तीन हजार ६७६ मिटर अग्लो माउन्ट सेमेरुमा ज्वालामुखी विस्फोट भएको थियो ।– रासस/एएफपी