सोसल मिडिया
Contact Us
युनिकोड
संयुक्त राष्ट्रसङ्घ, २१ मङ्सिर । अफगानिस्तानमा जाडो मौसमका लागि मानवीय सहयता प्रदान गरिएको छ । यहाँ संयुक्त राष्ट्रसङ्घको पहल र समन्वयमा केही समयदेखि नै यस्तो सहयता प्रदान गरिएको छ । संयुक्त राष्ट्रसङ्घको मानवीय सहयतासम्बन्धी एजेन्सी ओचाका अनुसार यहाँ संयुक्त राष्ट्रसङ्घीय साझेदार निकायले मानवीय सहयता वितरणको कार्यको समन्वय गरिरहेका छन् । सोही निकायको पहलमा अफगानिस्तानमा मानवीय सहायतासम्बन्धी सामग्री वितरण गरिएको छ । यसरी गरिएको सहायतामा गत हप्ता मात्र नानगाहार प्रान्तका ८१ हजार जनाले यस्तो सहयता प्राप्त गरेका हुन् । त्यसैगरी कुनार, नुरिस्तान र पाक्टिया क्षेत्रका करिब दुई लाख ८४ हजार जनाले दुई हप्तायतादेखि मानवीय सहयता र विशेषगरी जाडो मौसमका लत्ताकपडा तथा खाना प्राप्त गरेका छन् । अफगानिस्तानका स्थानीय सञ्चारमाध्यमका अनुसार अफगानिस्तानका लागि संयुक्त राष्ट्रसङ्घलगायत विश्वका विभिन्न दाता राष्ट्रले यहाँ मानवीय सहायतासम्बन्धी सामग्री पठाइरहेका छन् । यी सामाग्रीमा विशेषगरी खाद्य सामग्री र लत्ताकपडा रहेका छन् । यहाँका प्राय सबै ३४ प्रान्तकै नागरिकका लागि यो सामग्री पठाइएको हो । संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायतासम्बन्धी निकायका अनुसार यहाँ यस्तो आवश्यकता परेका नागरिकलाई सहायता उपलब्ध गराइएको छ । यहाँ मानवीय सहायता उपलब्ध गराउने कार्यलाई संयुक्त राष्ट्रसङ्घले विश्वकै सबैभन्दा ठूलो अभियानको मानवीय सहायताका रुपमा लिएको छ । संयुक्त राष्ट्रसङ्घले अफगानिस्तानका प्राय सबै प्रान्तमा अर्थान् देशैभरि नै नागरिकलाई यस्तो सहयोग आवश्यक रहेको जनाएको छ । यहाँ इरान र चीनले पनि यस्तो सामग्री पठाएका छन् । इरान र चीनले खाद्य सामग्री अफगानिस्तानको काबुल विमानस्थलमा जहाजमार्फत् लगेका थिए । अफगानिस्तानका विद्रोही तालिबानीले यहाँको सत्ता कब्जा गरेपछि अफगान नागरिकलाई खाद्यान्नलगायतका सामग्रीको खाँचो परेको बताइएको छ ।– रासस/सिन्ह्वा