सोसल मिडिया
Contact Us
युनिकोड
खार्ताेम, २१ मङ्सिर । सुडानको पश्चिमी डारफोर क्षेत्रमा जातीय दङ्गामा परेर कम्तीमा पनि ४८ जनाको ज्यान गएको छ । यहाँको एक गैरसरकारी दिएको जानकारी अनुसार उक्त क्षेत्रमा दुई दिनयता भएका यी जातीय हिंसामा परेर ती नागरिकको ज्यान गएको हो । अधिकारीले जनाएअनुसार ती क्षेत्रमा यहाँका स्थानीय जातिबीच झडप भएको र झडपका क्रममा हतियारधारीबीच आपसमा हमला गरेका थिए । दक्षिणी डारफोरको किरानीक भन्ने स्थानमा हतियारधारीले हमला गरेका र त्यसमा परेर ४८ जनाको ज्यान गएको र अरु दर्जनौँ व्यक्ति घाइते भएका छन् । सो संस्थाकाअनुसार मृत्यु हुने व्यक्तिको सङ्ख्या अझै यकिन हुन सकेको छैन । अरु कैयौँको ज्यान गएको पनि आशङ्का गरिएको सो विज्ञप्तिमा जनाइएको छ ।
मालीमा भएको आतङ्कवादी हमलाको संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्द्वारा निन्दा मालीमा गत शुक्रबार भएको आतङ्ककारीको हमलाको संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले निन्दा गरेको छ । मालीको मध्यभागमा पर्ने सोंगो गारे नामको एक सानो सहरमा भएको आतङ्ककारी आक्रमणमा परी महिला र बालबालिकासहित ३० भन्दा बढीको मृत्यु हुनुको साथै अन्य कैयौँ घाइते भएका थिए । सुरक्षा परिषद्द्वारा जारी प्रेस विज्ञप्तिमा सदस्यले आक्रमणको कडा शब्दमा निन्दा गरेका छन् र पीडित परिवार र मालीको सङ्क्रमणकालीन सरकारप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । परिषद्का सदस्यले आतङ्ककारी हमलाका दोषी, आयोजक, फाइनान्सर र प्रायोजकलाई न्यायको कठघरामा ल्याउनुपर्ने आवश्यकतालाई जोड दिएका छन् । सबै राज्यलाई अन्तरराष्ट्रिय कानून र सान्दर्भिक सुरक्षा परिषद्को प्रस्तावअन्तर्गत आफ्नो दायित्व बमोजिम काम गर्न आग्रह गरेको छ । उनीहरूले सबै प्रकारका आतङ्कवादलाई अन्तरराष्ट्रिय शान्ति र सुरक्षाका लागि सबैभन्दा गम्भीर खतरामध्ये एक हो भन्ने कुरालाई पुनःपुष्टि गरेका छन् । सबै राज्यले अन्तरराष्ट्रियरुपमा हुने खतरा विरुद्ध लड्नुपर्ने आवश्यकतामा जोड दिए । मालीको सङ्क्रमणकालीन सरकारले शनिबार जारी गरेको विज्ञप्तिअनुसार अज्ञात सशस्त्र डाकूको समूहले मध्यमालीको सोंगो गाउँनजिकै मानिस बोकेको ट्रकमा आक्रमण गरी आगजनी गरेका थिए । मालीका अन्तरिम राष्ट्रपति असिमी गोइटाले आक्रमणमा मारिएकाको सम्झनामा आइतबारदेखि तीन दिने राष्ट्रिय शोकको घोषणा गरेका छन् । त्यस स्थानमा केही समयअघिदेखि नै आतङ्ककारीले हिंसात्मक क्रियाकलाप गर्दै आएका थिए ।– रासस/सिन्ह्वा