बङ्गलादेशमा ८९.९४ प्रतिशत कोभिड–१९ सङ्क्रमित सङ्क्रमणमुक्त 

मंगलबार, माघ २७, २०७७

ढाका । बङ्गलादेशमा चार लाख ८४ हजार ५७३ कोभिड–१९ सङ्क्रमित सङ्क्रमणमुक्त भएका यहाँको स्वास्थ्य सेवा महानिर्देशनालयले जानकारी दिएको छ । 
तथ्याङ्क अनुसार यहाँ कोभिड–१९ सङ्क्रमणपछि १.५३ प्रतिशत व्यक्तिको मृत्यु भएको छ भने ८९.९४ प्रतिशत व्यक्ति निको भएका छन् ।  विगत २४ घण्टामा बङ्लादेशमा सङ्क्रमण पुष्टि भएका व्यक्तिको सङ्ख्या ३८७ रहेको छ । उक्त अवधिमा आठ सङ्क्रमितको मृत्यु भएको छ । बङ्गलादेशमा कूल आठ हजार २२९ व्यक्तिको कोभिड–१९ सङ्क्रमणपछि मृत्यु भएको छ ।  सरकारी तथ्याङ्क अनुसार एशियाली यस मुलुकमा विगत २४ घण्टामा ६४२ सङ्क्रमणमुक्त भएका छन् । यो अवधिमा १४ हजार ४६८ व्यक्तिको कोभिड–१९ परीक्षण भएको छ ।–सिन्ह्वा
 

प्रकाशित मिति: मंगलबार, माघ २७, २०७७  २१:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार