विमानमै यात्रुकाे मृत्युपछि उडेकाे तीन घन्टापछि फर्कियाे एयर इन्डियाकाे विमान

आइतबार, मंसिर १९, २०७८

नयाँ दिल्ली, १९ मंसिर । भारतकाे नयाँ दिल्लीबाट अमेरिकाकाे नेवार्क सहरका लागि उडेकाे विमान पुन: नयाँ दिल्ली फर्किएकाे छ । जहाजभित्रै एक यात्रु मृत भेटिएपछि आकाशबाटै विमान फर्किएकाे हाे । 'मेडिकल अ‌ापतकालका कारण तीन घन्टाकाे उडानपछि नयाँ दिल्लीबाट नेवार्कका लागि उडेकाे एयर इन्डियाकाे विमान नयाँ दिल्ली फर्किएकाे छ , ' एयर इन्डियाका एक अधिकारीले भने ।  विमानस्थल अवतरणपछि चिकित्सकहरुकाे एउटा समूह विमानभित्र विरामीकाे परीक्षण गरेकाे थियाे । समूहले तत्कालै विरामीलाई मृत घाेषित गरेकाे थियाे । मृत भएका व्यक्ति अमेरिकी नागरिक रहेकाे जनाइएकाे छ ।  शवलाई साेही विमानमार्फत अमेरिका पठाइएकाे छ ।  

 

प्रकाशित मिति: आइतबार, मंसिर १९, २०७८  १२:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार