म्यान्माका सेना प्रमुखद्वारा सैन्य कू को बचाउ

मंगलबार, माघ २७, २०७७

इाङ्गुन । म्यान्मारमा सैन्य कू भएको एक सातापछि त्यहाँका सेना प्रमुखले पहिलोपटक टेलिभिजनमार्फत सम्बोधन गर्दै आफ्ना कदमको औचित्य पुष्टि गर्न खोजेका छन् । मिन ओङ ह्लाइङले नोभेम्बरको चुनाव निस्पक्ष नभएको बताए । उक्त चुनावमा नेत्री आङ सान सू चीको पार्टीले बहुमत ल्याएको थियो । सेनाले देशका केही भागमा कफ्र्यू लगाएको छ भने केही ठाउँमा भीडमाथि रोक लगाएको छ । म्यान्मारमा सैन्य कूको विरोध गर्न लगातार तेस्रो दिन दशौँ हजार मानिसहरू सडक प्रदर्शनमा उत्रिएका छन् । राजधानी नेपिद्अमा प्रहरीले केही प्रदर्शनकारीमाथि पानीको फोहोरा प्रयोग गरेको थियो ।–एजेन्सी 
 

प्रकाशित मिति: मंगलबार, माघ २७, २०७७  ०९:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार