सोसल मिडिया
Contact Us
युनिकोड
दमास्कस, १७ मङ्सिर । आइएसले सिरियाको अल खारताको एक तेल खानीमा काम गर्ने कम्तीमा पनि १० जना मजदुरको हत्या गरेका छन् । उनीहरुले बिहीबार सो क्षेत्रबाट तेल खानीमा काम गर्ने मजदुरहरु बोकेर गएको बसमा विद्युतीय धराप थापेका थिए । सिरियाको पूर्वी क्षेत्रमा पर्ने दियार अल जोर प्रान्तमा उनीहरुको हत्या गरेका प्रहरीले जनाएको छ । सिरियाली समाचार समिति, सानाले दिएको समाचारअनुसार इराकको सीमा क्षेत्रमा पर्ने सो प्रान्तमा आइएसले तेलको खानीमा काम गर्ने कर्मचारी तथा मजदुरहरुलाई सधैँ तारो बनाउने गरेका छन् ।
उत्तरी इराकमा भएको आक्रमणमा सर्वसाधारणसहित १० जनाको मृत्यु उत्तरी इराकमा इस्लामिक स्टेट जिहादी समूहले गरेको आक्रमणमा कम्तीमा तीन जना सर्वसाधारण र सात इराकी कुर्दिश पेशमेर्गा लडाकुको मृत्यु भएको छ । सेनाले शुक्रबार दिएको जनाकारी अनुसार जिहादीहरूले अर्बिलको दक्षिणमा रहेको खिदिर जिजा गाउँमा आक्रमण गर्दा तीन सर्वसाधारणको मृत्यु भएको हो । पेशमर्गा, कुर्दिस्तानको सशस्त्र सेनाले जवाफी अपरेशन शुरु गरेको थियो । “आईएसहरूले बिछ्याएको विष्फोटक उपकरण पड्किदा सात लडाकुको मृत्यु भएको जानइएको छ ।– रासस/एएफपी