इजरायली प्रधानमन्त्री नेतान्याहुमाथि भ्रष्टाचारको आरोप 

अदालतमै उपस्थित भएर लिखित जवाफ पेश 
सोमबार, माघ २६, २०७७

इजरायल । भ्रष्टाचारको आरोप लागेका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन् । जेरुसेलमस्थित जिल्ला अदालतमा सोमबार भएको सुनुवाइका क्रममा उनले आफूमाथि लगाइएका आरोपहरूप्रति आफू कुनै जिम्मेवार नभएको दाबी गरे । 
इजरायली प्रधानमन्त्री नेतान्याहु गतवर्षको मेपछि अहिले दोस्रो पटक अदालतमा उपस्थित भएका हुन् । 
अदालतबाट निस्कनेक्रममा उनले पत्रकारहरूसँग भने, ‘मैले अदालतले माग गरेअनुसारको जवाफ लिखित रूपमा लेखेर पेश गरेको छु ।’ उनललाई अघिल्लो महिना जवाफ पेस गर्न अदालतले आदेश दिएको थियो । शुरुमा उनलाई जनवरी १३ मा जवाफ पेस गर्न आदेश दिइए पनि लकडाउनका कारण अहिले मात्रै पेश गरेका हुन् । प्रधानमन्त्री नेतान्याहुलाई धेरै विषयमा भ्रष्टाचार गरेको आरोप लगाइएको छ । ती आरोपहरूमाथि अहिले अनुसन्धान पनि भइरहेको अधिकारीहरूले जनाएका छन् । आरोपहरू प्रमाणित भए उनी १० वर्षभन्दा बढी कारागारमा बस्नु पर्ने कानुनी व्यवस्था छ । इजरायलमा आगामी मार्च २३ तारिखका दिन निर्वाचन गर्ने तयारी भइरहेको छ । –एएनआई
 

प्रकाशित मिति: सोमबार, माघ २६, २०७७  २२:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार