सोसल मिडिया
Contact Us
युनिकोड
अमेरिको (न्यूयोर्क), १७ मङ्सिर । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले अफ्रिकी महादेशसँग कोभिड–१९को महामारी र जलवायु परिवर्तनका सम्बन्धमा अन्तरराष्ट्रिय समुदायले गरिरहेको व्यवहार बारे चासो व्यक्त गरेका छन् । “महामारी र जलवायु सङ्कटले चिनिने यस अवधिमा आज अन्तरराष्ट्रिय समुदायले अफ्रिकासँग कसरी व्यवहार गरिरहेको छ भन्ने बारे चासो व्यक्त गर्दै छु ”, गुटरेसले पत्रकार सम्मेलनमा भने । उनले थपे, “हामीले यो अन्याय र अनैतिकताको अन्त्य गर्नुपर्छ ।” हामीले अन्तरराष्ट्रिय क्षेत्रमा आर्थिक वृद्धि र राजनीतिक सम्बन्धका सन्दर्भमा परिस्थिति समान छन् भनी सुनिश्चित गर्नुपर्छ । हामी र अफ्रिकाबीच समानताको सम्बन्ध हुनुपर्छ, उनले थपे ।–एएनआई÷स्पुतनिक