कोरोनाबाट भारतमा १ लाख ५५ हजार भन्दा बढीको मृत्यु 

सोमबार, माघ २६, २०७७

नयाँदिल्ली । भारतमा गत २४ घण्टा अर्थात आइतबारको दिनमा कोरोना सङ्क्रमणको कारण ८४ जनाको मृत्यु भएपछि कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५५ हजार ८० जना पुगेको छ । भारतमा शनिबार कोरोना भाइरसका सङ्क्रमणको कारण ७८ जनाको मृत्यु भएको थियो । आइतबार कोरोना सङ्क्रमणको कारण  ८४ जनाको मृत्यु  भएको छ । भारतमा धेरै समयपछि  गत दुई दिनयता कोरोना भाइरस सङ्क्रमणको कारण एक दिनमा १०० भन्दा कम मानिसको मृत्यु भएको छ ।  गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम शुरु भएको छ । सो दिनदेखि हालसम्म करिब ५८ लाख भन्दा बढी व्यक्तिले खोप लगाइसेकेका छन् । कोरोना भाइरसविरुद्ध खोप लगाउनेमा प्रायःस्वास्थ्यकर्मी रहेका छन् । यहाँ कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या आइतबारसम्म एक करोड आठ लाख ३८ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा ११ हजार ८३१ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड आठ लाख ३८ हजार १९४ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । मन्त्रालयको पछिल्लो विवरणमा भारतमा एक करोड पाँच लाख ३४ हजारभन्दा बढी व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा एक लाख ४८ हजार ६०९ जना सक्रिय सङ्क्रमित रहेका छन् । भारतको राष्ट्रिय राजधानी दिल्लीमा आइतबार ११९ जना थप व्यक्तिमा कोरोना भाइरसका सङ्क्रमण देखिएको र दुई जनाको मृत्यु भएको छ । भारतमा कोभिड¬¬–१९ शुरु भएयता भाइरस सङ्क्रमणको कारण दिल्लीमा १० हजार ८७९ को मृत्यु भइसकेको छ । यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिने बताएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले आइतबारसम्म देशभरी २० करोड १९ लाख ६१४ हजारको हाराहारीमा नमूना परीक्षण गरेको छ । आइतबार एकै दिनमा मात्र पाँच लाख ३२ हजार २३  व्यक्तिलाई कोभिड¬–१९ परीक्षण गरेका आइतबार जनाइएको छ ।– सिन्ह्वा
 

प्रकाशित मिति: सोमबार, माघ २६, २०७७  १९:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार