सोसल मिडिया
Contact Us
युनिकोड
आदेन, १५ मङ्सिर । केही वर्षयतादेखिको द्वन्द्वग्रस्त देश यमनमा साउदी अरेबियाको सेनाको नेतृत्वमा केही दिन यतादेखि बमबारी भएको बताइएको छ । यमनको मारिब शहरमा सो बमबारी गरिएको समाचारमा जनाइएको छ । त्यसमा परी भएको क्षतिको बारेमा भने केही बताइएको छैन । सो शहरमा केही दिनदेखि नै निरन्तररुपमा सैन्य विमानहरुद्वारा बमबारी भएको अधिकारीले जनाएका छन् । मारिब शहरको अधिकांश भू–भाग अहिले पनि यमनका विद्रोहीको कब्जामा रहेको यहाँका अधिकारीले जनाएका छन् । उक्त शहरमा साउदी अरेबियाको सेनाले नेतृत्व गरेको सेनाले यसअघि पनि नियन्त्रण गर्दै र हवाइ तथा स्थलगतरुपमा यहाँका विद्रोहीका विरुद्धमा कारबाही गर्दै आएको छ । गएका केही वर्षदेखि नै हुथी विद्रोहीको कब्जामा रहेको सो सहर तेलको धनी मानिन्छ । त्यसैले यो शहर समय समयमा यहाँको सरकारी सेनाले पनि फिर्ता लिने गरेको पाइन्छ ।– रासस/सिन्ह्वा