अदालतले सुकीको मुद्दामा फैसला सुनाउन ढिलाइ

बुधबार, मंसिर १५, २०७८

नेपिदवा (म्यानमार) । म्यानमारको जुन्ता अदालतले नोबेल पुरस्कार विजेता म्यानमारकी प्रजातान्त्रिक नेतृ आङ सान सुकी मुद्दामा फैसला गर्न स्थगित गरेको छ ।
अपदस्थ नागरिक नेतृ धेरै मुद्दामध्ये पहिलो फैसला हो जसले उहाँलाई दशकौंसम्म जेल सजाय दिन सक्ने बताइएको छ ।
दक्षिणपूर्वी एसियाली देशको छोटो लोकतान्त्रिक प्रयासलाई अन्त्य गर्दैै गत फेबु्रअरीमा सैन्य कू भएको थियो । यसैसँगै फेब्रुअरी १ उहाँलाई अपदस्थ गरी हिरासतमा राखिएको थियो । 
सो समय म्यानमारमा जारी रहेको सेनाविरुद्धको प्रदर्शनको क्रममा १२०० भन्दाबढी मानिस मारिएका थिए । दश हजारभन्दा बढी पक्राउ परेका छन् ।
अदालतमा सुकीको सेनाविरुद्ध उक्साउने मुद्दामा सुनुवाइ गर्ने क्रममा थियो, यस मुद्दा साबित भएका सुकीलाई तीन वर्षको जेल सजाय हुनेछ । यस मुद्दाको फैसलालाई डिसेम्बर छसम्म स्थगित गरिएको सम्बन्धित स्रोतले जानकारी दिएको छ । 
सेनाद्वारा निर्मित राजधानी नेपिडाउमा विशेष अदालतमा सुकीका वकिललाई भर्खरै मिडियासँग बोल्न प्रतिबन्ध लगाइएको छ ।
मङ्गलबार बिहान राजधानी नेपिडाउको विशेष अदालततर्फ जाने सडकमा कडा सुरक्षाको व्यवस्था गरिएको एएफपी सम्वाददाताले जानकारी दिएका छन् । 
अदालतको कोठा अदालतको फैसलाका लागि पत्रकारका लागि सीमित रहनेछ, जुन्ता सरकारका प्रवक्ता जाव मिन टुनले एएफपीलाई बताउनुभएको छ ।– रासस÷सिन्ह्वा
 

प्रकाशित मिति: बुधबार, मंसिर १५, २०७८  ०७:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार