सोसल मिडिया
Contact Us
युनिकोड
मस्को रसियो । रुसी प्रधानमन्त्री मिखाइल मिशुस्टिन र चिनियाँ राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङले मङ्गलबार रसिया–चीन सम्बन्धको विकास र दुई देशबीचको रणनीतिक सहयोगको बारेमा छलफल गर्ने कार्यक्रम तय भएको छ । रूसी मन्त्रिपरिषद्लाई उद्धृत गर्दै, स्पुतनिकले जनाएअनुसार दुबै पक्षले व्यापार र लगानी, ऊर्जा, औद्योगिक, कृषि, यातायात र मानवीय क्षेत्रमा सहयोगमा जोड दिएर रुसी–चिनियाँ व्यापक साझेदारी र रणनीतिक अन्तरक्रियाको विकासका मुद्दाहरूमा छलफल गर्ने अपेक्षा गरिएको छ । यसअघि मङ्गलबार रुसी रक्षामन्त्री सर्गेई शोइगुले रुस र चीनले यस वर्षदेखि समुद्र, हवाइ र जमिनमा संयुक्त सैन्य तालिम बढाउँदै आएको बताएका थिए । सोइगुले आफ्ना चिनियाँ समकक्षी वेई फेङ्गेसँग भिडियो कन्फरेन्समार्फत कुरा गरेपछि यो कुरा बाहिर आएको हो। सोइगुले कोरोनाभाइरस महामारीको सन्दर्भमा द्विपक्षीय सहयोगको कसरी अगाडि बढाउने भन्नेबारे छलफल गरेका छन् ।– रासस/एएनआई