स्वीडेनमा पहिलो महिला प्रधानमन्त्री एक हप्तामा दोस्रो पटक निर्वाचित 

बुधबार, मंसिर १५, २०७८

स्टकहोम स्वीडेने । म्याग्डालेना एन्डरसनले पदबाट राजीनामा दिएको एक हप्ता नबित्दै पुनः प्रधानमन्त्री नियुक्त भएकी छिन् ।
अल्जाजीराका अनुसार, म्याग्डालेन एन्डरसन प्रधानमन्त्री भएको भोलिपल्ट राजीनामा  दिएकी थिइन् । उनको बजेट विपक्षीले अस्वीकार गरेपछि राजिनामा दिएकी थिइन् ।  गठबन्धनमा अति दक्षिणपन्थी पार्टी समेत समावेश थियो । यसअघि, मध्य–वामपन्थी सामाजिक लोकतान्त्रिक पार्टीकी नेता म्याग्डालेना एन्डरसन चुनावपछि देशको पहिलो महिला प्रधानमन्त्री बनेकी हुन् । 
उनको पहिलो ऐतिहासिक कार्यकाल करिब सात घण्टाको थियो । ‘संवैधानिक अभ्यासअनुसार कुनै दलले सरकार छोडेमा गठबन्धन सरकारले राजीनामा दिनुपर्छ,’ उनले भनिन् । “मेरो लागि, यो सम्मानको कुरा हो, तर म त्यस्तो सरकारको नेतृत्व गर्न चाहन्न जहाँ यसको वैधतामा प्रश्न उठाउने आधार होस्’’, उनले आफ्नो फेसबुकमा लेखेकी छिन् ।
यद्यपि, एन्डरसनले हालैका दशकहरूमा स्वीडेनका सबैभन्दा कमजोर सरकारलाई नेतृत्व गर्ने अपेक्षा गरिएको छ । यसबाहेक, एन्डरसनको बजेट आप्रवासी विरोधी स्वीडेन डेमोक्र्याट सहित तीन विपक्षी दलहरूले तयार गर्नेछन् ।– रासस/एएनआई

प्रकाशित मिति: बुधबार, मंसिर १५, २०७८  ०७:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार