तालिबानले युरोपेली संघसँग मागे सहयोग 

मंगलबार, मंसिर १४, २०७८

ब्रसेल्स । युरोपेली संघका अधिकारीहरूसँगको सप्ताहन्तको भएको वार्ताको क्रममा  तालिबानले अफगानिस्तानको हवाईअड्डाहरु चलाउनका लागि मद्दत मागेको छ ।   युरोपेली संघका अधिकारीहरुले अफगानिस्तानमा जारी मानवीय अवस्थाको बारेमा ‘गम्भीर चिन्ता’ व्यक्त गरेको इयुद्धारा जारी विज्ञप्तिमा जनाइएको छ । 
‘वार्ताले अन्तरिम (तालिबान) सरकारको इयुद्वारा मान्यतालाई संकेत गर्दैन तर यो इयु र अफगान जनताको हितमा इयुको परिचालन संलग्नताको हिस्सा हो ’ इयु युरोपेली बाह्य कार्य सेवा (इइएएस) ले आफ्नो विज्ञप्तिमा भनेको छ ।  
तालिवान प्रतिनिधिमण्डलको नेतृत्व अन्तरिम विदेशमन्त्री अमिर खान मुताक्कीले गर्नु भएको थियो । साथै शिक्षा र स्वास्थ्यका अन्तरिम मन्त्रीहरू, केन्द्रीय बैंकका कार्यवाहक गभर्नर र विदेश, अर्थ र आन्तरिक मन्त्रालयका अधिकारीलगायत र अन्य अधिकारीहरु रहेका जनाइएको छ । 
इयु पक्षको नेतृत्व अफगानिस्तानका लागि इयुका विशेष दूत टोमस निकल्सनले गर्नु भएको थियो । इइएएस र मानवीय सहायता, अन्तर्राष्ट्रिय साझेदारी, र आप्रवासन नियन्त्रण गर्ने युरोपेली आयोगको सेवाका अधिकारीहरु रहेका जनाएको छ ।– रासस/एएफपी
 

प्रकाशित मिति: मंगलबार, मंसिर १४, २०७८  ०६:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार