सोसल मिडिया
Contact Us
युनिकोड
न्युयोर्क । विश्व स्वास्थ्य संगठनले हालै अफ्रिकामा देखा परेको भनिएको कोरोनाको ओमिक्रोन भाइरस के कत्तिको खतरनाक छ र यसले मानिसको स्वास्थ्यमा कति क्षति गर्छ भन्ने बारेमा अनुसन्धान हुन बाँकी रहेको बताएको छ । विश्व स्वास्थ्य संगठनले यो भाइरस मानिसबाट मानिसमा सजिलै सर्छ या यसले मानिसको स्वास्थ्यमा के कति मात्रामा क्षति गर्छ भन्ने विषयमा अनुसन्धान जारी रहेको र अहिले नै यसको खतरना स्वरुपका बारेमा स्पष्ट नभएको जनाएको छ । दक्षिण अफ्रिकाको धेरै जनसंख्या रहेको प्रान्त खाउतेङमा हालैमात्र यो कोरोना भाइरसको यो नयाँ भेरिएन्ट देखिएको बताइएको छ । यहाँ गएको दुई साता यताका परीक्षणहरुमा यो भेरिएन्टको विकास भएको बताइएको छ । त्यसपछि यो भाइरस दक्षिण अफ्रिकाका अन्य प्रान्तमा पनि देखिएको छ । ओमिक्रोनलाई यसअघिको डेल्टा भाइरसभन्दा पनि खतरनाक र चिन्ताजनक भेरिएन्ट भनिएको छ । प्रारम्भिक प्रमाणहरूले उक्त भेरिएन्टमा यसअघिका भाइरसहरुमा भन्दा पनि संक्रमणको जोखिम उच्च रहेको बताइएको छ । विश्व स्वास्थ्य संगठनले दक्षिण अफ्रिकामा यो नयाँ भेरिएन्ट भेटिएको भनिएको सो प्रान्तमा कोरोना भाइरसका कारण मानिसहरु भर्ना हुनेहरु बढिरहेको पाइएको बताइएको छ तर पनि यो नयाँ भेरिएन्ट के कति मात्रामा बढी घातक छ भन्ने बारेमा भने अझै अनुसन्धान भइनसकेको जनाएको छ । यो महिनाको सुरुमा दक्षिण अफ्रिकामा पत्ता लागेको यस भाइरसबारे गत बुधवार विश्व स्वास्थ्य संगठनलाई जानकारी गराइएको थियो । सो भेरिएन्ट केही दिनमै विश्वका कैयौँ देशमा फैलिइसहेको बताइएको छ । बेलायतमा पनि यो नयाँ भेरिएन्ट देखिएको बताइएको थियो । त्यस्तै आइतबार यो भेरिएन्ट क्यानाडामा पनि देखिएको बताइएको छ
ओमिक्रोन भेरियन्टका कारण अष्ट्रेलियाको सीमा खोल्न ढिलाइ
अष्ट्रेलिया सरकारले कोभिड–१९ को ओमिक्रोन संस्करणको बढ्दो चिन्ताको कारण देशको सीमानाहरू खुला राख्न ढिलाइ गरेको छ । प्रधानमन्त्री स्कट मोरिसनले सोमबार राति राष्ट्रिय सुरक्षा समिति (एनएससी) ले डिसेम्बर १ देखि डिसेम्बर १५ सम्म अन्तर्राष्ट्रिय विद्यार्थी र भिसा धारकहरूका लागि सीमा प्रतिबन्धहरू खुकुलो पार्ने योजनालाई धक्का दिएको बताउनुभएको छ । ओमिक्रोनले डेल्टा भेरियन्ट भन्दा ठूलो खतरा छ कि छैन भनेर मूल्याङ्कन गर्न थप समय आवश्यक भएको जनाइएको छ । अस्थायी बिरामले अष्ट्रेलियाले खोपको प्रभावकारिता, रोगको दायरा, यसले थप हल्का लक्षणहरू उत्पन्न गर्न सक्छ, र प्रसारणको स्तरसहित ओमिक्रोन भेरियन्टलाई अझ राम्ररी बुझ्नका लागि आवश्यक जानकारी सङ्कलन गर्नसक्छ भन्ने सुनिश्चित गर्नेछ भन्नेबारे अध्ययन भइरहेको छ । अष्ट्रेलियाको सिमाना मार्च २०२० पछि पहिलो पटक भिसा धारकहरूका लागि खुला भएको थियो, जसले आप्रवासीहरूलाई देशमा प्रवेश गर्न र आकर्षक अन्तर्राष्ट्रिय शिक्षा बजार पुनः सुरु गर्न मार्ग प्रशस्त गर्दै थियो । यसैबीच जापान र दक्षिण कोरियाबाट हुने यात्रा पुनः खोल्ने समय पनि डिसेम्बर १५ सम्म ढिलाइ गरिएको छ । पूर्णरूपमा खोप लगाएका अष्ट्रेलियाली नागरिकहरू र बासिन्दाहरूले अझै पनि उनीहरू आइपुगेको राज्य वा क्षेत्रमा क्वारेन्टिनमा बस्ने गरी देशमा प्रवेश गर्न सक्नेछन् । सोमबारसम्म अष्ट्रेलियाले नयाँ भेरियन्टका पाँच वटा सङ्क्रमण पुष्टि गरिसकेको छ ।
क्यानाडामा ओमिक्रोन भेटिएपछि थप सतर्कता
हालै अफ्रिकामा भेटिएको भनिएको कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन क्यानाडामा पनि भेटिएको जनाइएको छ । क्यानाडाको ओन्टोरियो प्रान्तमा दुई जनामा यो भाइरस भेटिएको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । ती अधिकारीहरुले ओन्टोरियो प्रान्तका दुई जना नागरिकमा यो नयाँ भेरिएन्ट भेटिएको बताएका छन् तर ती नयाँ सङ्क्रमितहरु कहाँबाट आएका नागरिक हुन् या क्यानाडामा नै सो भेरिएन्ट भेटिएको हो भन्ने बारेमा भने केही बताएका छैनन् । दक्षिण अफ्रिकामा हालैमात्र भेटिएको भनिएको सो भेरिएन्ट विश्वका कैयौँ देशमा फैलिइरहेको बताइएको छ । उता पछिल्लो समयमा कोरोना भाइरसको डेल्टा भाइरस बढिरहेको भनिएको बेलायतमा पनि यो नयाँ भेरियन्ट देखिएको बताइएको थियो । यो ओमिक्रोन भाइरस भेटिएपछि बेलायतले अफ्रिकी देशहरुबाट हुने उडान हालका लागि रद्द गरेको जनाएको छ । त्यहाँ अहिलेको भन्दा थप कडा प्रतिबन्धहरुको घोषणा गरिएको पनि प्राप्त समाचारमा जनाइएको छ । बेलायतमा विदेशबाट आउने उडानहरुमा सतर्कता अपनाइने र यात्रुहरुको पिसीआर परीक्षणलाई अनिवार्य गरिने गरी नयाँ मापदण्डहरु लागू गरिएको आइतबार बताइएको छ ।
रूसमा थपिए ३३,८६० कोभिड–१९ का घटना
रुसमा पछिल्लो २४ घण्टामा ३३,८६० नयाँ कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । योसँगै सङ्क्रमितको कूल सङ्ख्या ९६,०४,२३३ पुगेको आधिकारिक अनुगमन तथा प्रतिक्रिया केन्द्रले सोमबार जनाएको छ ।
त्यसैगरी सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १,२०९ थपिएको छ र कूल सङ्ख्या २,७३,९६४ पुगेको छ । सङ्क्रमणबाट निको हुनेको सङ्ख्या २७,७०० थपिएको छ र कूल ८२,९५,८११ पुगेको छ ।
कोभिड–१९ सङ्क्रमणबाट मृत्युदर २.८५ प्रतिशत रहेको केन्द्रले जनाएको छ । यसैबीच रूसको सबैभन्दा बढी प्रभावित क्षेत्र मस्कोमा ३,४३४ नयाँ घटनाहरू दर्ता भएका छन् । यहाँ सङ्क्रमितको कूल सङ्ख्या १९,४३,९२९ पुगेको छ । – एएनआई÷सिन्ह्वा