सोसल मिडिया
Contact Us
युनिकोड
इस्लामाबाद । पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तमा छुट्टाछुट्टै गुप्तचरमा आधारित कारबाहीमा छ जना आतङ्ककारीलाई पक्राउ गरिएको प्रहरीको काउन्टर टेररिज्म डिपार्टमेन्ट (सीटीडी) ले जनाएको छ । पञ्जाबको सीटीडीले स्थानीय सञ्चारमाध्यमले बताएअनुसार ती आतङ्कवादीहरूलाई गुप्तचर सूचनाका आधारमा सुरु गरिएको अपरेसनको स्ट्रिङमा पक्राउ गरिएको थियो । आतङ्ककारीहरूले प्रदेशमा आतङ्ककारी गतिविधि गर्ने योजना बनाएको जानकारीमा आएको छ । प्रहरीले समयमै गरेको कारबाहीले प्रदेशलाई सम्भावित आक्रमणबाट जोगाएको प्रहरीले जनाएको छ । प्रहरीले आतङ्ककारीहरूको कब्जाबाट ठूलो मात्रामा विष्फोटक पदार्थ, अत्याधुनिक हतियार, ह्यान्ड ग्रेनेड र अन्य संवेदनशील सामग्रीहरू पनि बरामद गरेको जनाइएको छ ।
नाइजेरियाको सेनाद्वार थुप्रै आईएस लडाकू मारिए
नाइजेरियाली सेनाले उत्तरपूर्वी राज्य बोर्नोमा रहेको सैन्य शिविरमा आक्रमण गर्ने इस्लामिक स्टेट वेस्ट अफ्रिका प्रान्त (आईएसडब्लूएएपी) का थुप्रै लडाकूहरूलाई मारेको सेनाका प्रवक्ताले बताएका छन् । सेनाका प्रवक्ता ओन्येमा न्वाचुकुद्वार जारी विज्ञप्तिअनुसार बोर्नोको गजिराम नगानजाई स्थानीय सरकारी क्षेत्रमा रहेको सेनाको बेसमा आइतबार आईएसडब्लूएएपी आक्रमणकारीलाई पछ्याउने क्रममा दुई सैनिकको मृत्यु भएको थियो । देशको अस्तव्यस्त उत्तरपूर्वी क्षेत्रमा सैन्य अपरेसन भनिने अपरेसन हडिन काईका हवाई कम्पोनेन्टहरूले अड्डामा घुसपैठ गर्ने प्रयास गर्ने आतङ्ककारीहरूलाई तितरबितर पारेको थियो । उनले भने । आईएसडब्लूएएपीले उत्तरपूर्वी नाइजेरियामा इस्लामिक राज्य स्थापना गर्न आफ्नो भगिनी समूह बोको हरामसँग सहकार्य गर्दै आएको छ । आतङ्ककारी समूहहरूले चाड बेसिन तालका अन्य देशहरूमा पनि आफ्ना आक्रमणका शृङ्खला विस्तार गरेका छन् ।– रासस/सिन्ह्वा