सोसल मिडिया
Contact Us
युनिकोड
उत्तराखण्ड । उत्तराखण्डको चमोली जिल्लाको हिमताल फुट्दा धौलीगंगा नदीमा बाढी आएको छ । नदीको धेरै तटबन्ध फुट्ेका कारण बाढीको चेतावनी दिइएको छ । हिमताल फुटेका कारण ऋषिगंगा जलविद्युत् आयोजनामा क्षति पुगेको छ । भारती समाचार संस्था पीटीआईका अनुसार विद्युत् आयोजनामा काम गरिरहेका १५० जना कामदार हराइ रहेका छन् । उत्तरखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले ट्वीट गर्दै आफू बाढी प्रभावित क्षेत्रमा गएको जानकारी दिएका छन् । उनलले ट्वीटरमा भनेका छन्, ‘हल्लाका पछि नलाग्न म नागरिकलाई आह्वान गर्दछु ।’ हिमताल फुटेको विषयलाई जोडेर पुराना भिडियोहरू सार्वजनिक नगर्न पनि उनले आग्रह गरेका छन् । केन्द्रीय गृहमन्त्री अमित शाहले राहत तथा उद्धार कार्यका लागि एनडीआरएफको टोली घटनास्थल पठाइएको बताए । उत्तरखण्डका डीजीपी अशोक कुमारका अनुसार हिमताल फुट्दा ऋषिगंगा जलविद्युत् परियोजना पूर्ण रुपमा ध्वस्त भएको जानकारी दिएका छन् । उनका अनुसार यहाँ ५० भन्दा कामदार काम गरिरहेका थिए । उनीहरुको हताहतीको संभावना रहेको बताइएको छ । हाम्रो टोली त्यहाँ पुगिसकेको छ उनले भने । उत्तराखण्ड प्रहरी तथा एसडीआरएफका टोली घटनास्थल पुगिसकेको छ । समाचार एजेन्सी एएनआईले उत्तराखण्डको चमोली जिल्लाको रेनी गाउँमा विशाल बाढी आएको छ । बाढी नदी किनारमा रहेका रहेको कैयौं घरलाई बाढीले बगाएको छ । एजेन्सी