किर्गिस्तानमा संसदीय निर्वाचन शुरु 

आइतबार, मंसिर १२, २०७८

बिश्केक,  १२ मङ्सिर । किर्गिजस्तानमा आइतबारदेखि संसदीय निर्वाचन शुरु भएको छ जसमा ७३६ अन्तरराष्ट्रिय पर्यवेक्षकहरूले निर्वाचनको पर्वेक्षण गरिरहेका छन् । उक्त निर्वाचनबाट पाँच वर्षको कार्यकालका लागि ९० जना सांसदहरू चयन हुनेछन् ।
देशको केन्द्रीय निर्वाचन आयोग (सीईसी) का प्रमुख नुरझान शैल्दाबेकोवाले आइतबार बिहान स्थानीय समय अनुसार बिहान ८ बजेमा आयोजित पत्रकार सम्मेलनमा  निर्वाचनका लागि त्यहाँ २ हजार ४ सय ३५ मतदान केन्द्र खोलिएको जानकारी दिएका छन् ।  ती मतदान केन्द्रहरू बेलुका ८ बजेसम्म खुला रहनेछन् ।  त्यसैगरी २९ देशमा थप ५९ मतदान केन्द्र खोलिनेछ ।
सांसदहरू मिश्रित निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् जसमध्ये ५४ राजनीतिक दलबाट समानुपातिक प्रणालीमा र अन्य ३६ जना एकल मत भएका निर्वाचन क्षेत्रबाट बहुमतका आधारमा निर्वाचित हुनेछन् ।
निर्वाचनमा भाग लिन २१ राजनीतिक दल दर्ता भएका छन् भने एकल मत भएका निर्वाचन क्षेत्रमा २ सय ८० भन्दा बढी उम्मेदवारले उमेद्वारी दर्ता गराएका छन् । 
प्रमुख निर्वाचन आयुक्तको तथ्याङ्कअनुसार राजनीतिक दललाई तीन लाख ७०३ हजार ४२० जना मतदाताले मतदान गर्नेछन् भने एकल कार्यक्षेत्रमा तीन लाख १९ हजार २९२ जनाले मतदान गर्नेछन् ।
आन्तरिक मामिला मन्त्रालयले यसअघि मतदान केन्द्रमा सार्वजनिक सुव्यवस्था र सुरक्षाका लागि ११ हजारभन्दा बढी प्रहरी परिचालन गरिने जनाएको थियो ।– रासस/सिन्ह्वा


 

प्रकाशित मिति: आइतबार, मंसिर १२, २०७८  २१:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार