सोसल मिडिया
Contact Us
युनिकोड
लन्डन, १२ मङ्सिर । हालै अफ्रिकामा भेटिएको भनिएको कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन भेटिएपछि बेलायतले थप प्रतिबन्धहरुको घोषणा गरेको छ । बेलायतले अहिलेको भन्दा थप कडा प्रतिबन्धहरुको घोषणा गरेको हो । त्यस्तै बेलायत आउने अरु देशका उडानहरुमा पनि निगरानी गरिएको छ । बेलायत आउने हरेक यात्रुले दुई दिन मात्र यताको स्वास्थ्य रिपोर्ट अनिवार्य रुपमा देखाउनुपर्ने र बेलायत पुगेपछि पनि पिसिआर टेष्ट गरिने छ । यसरी गरिएको परीक्षणमा यदि कोरोना भाइरस पोजेटिभ देखिएमा आफै आइसोलेसनमा बस्नुपर्ने र नेगेटिभ रिपोर्ट आएपछि मात्र बाहिर निस्किन पाउने बताइएको छ । हालै अफ्रिकामा देखिएकोे भनिएको नयाँ भाइरस बेलायतमा देखिएको कुरा यहाँका स्वास्थ्य मन्त्री सजिद जाभिदले शनिबार जानकारी दिएका छन् । यो भाइरसको सङ्क्रमण देखिएका दुई जनालाई आइसोलेसनमा राखिएको र उनीहरुको थप स्वास्थ्य अनुसन्धान जारी रहेको पनि उनले बताए । बेलायतका प्रधानमन्त्रीले यो भाइरसको प्रभाव अहिलेको भन्दा निकै खतरनाक रहेको भन्दै थप प्रतिबन्धहरुका बारेमा जानकारी दिएका छन् । उनले हाललाई विदेशबाट आउने उडानहरुमा सतर्कता अपनाइने र यात्रुहरुको पिसीआर परीक्षणलाई अनिवार्य गरिने जानकारी दिएका छन् । साथै बेलायतमा यात्राका क्रममा तथा सार्वजनिक यातायातमा अनिवार्य रुपमा मास्कको प्रयोग गर्नुपर्ने नियम पनि सार्वजनिक गरिएको बताइएको छ ।
इजरायलद्धारा आफ्ना नागरिकलाई अफ्रिकी देशको भ्रमणमा प्रतिबन्ध
हालै अफ्रिकामा कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन भेटिएपछि इजरायलले आफ्ना नागरिकलाई अफ्रिकी देशहरुको भ्रमणमा प्रतिबन्ध लगाएको छ । इजरायलले हाल कुनै थप प्रतिबन्धहरुको घोषणा गरेको त छैन तर हालका लागि अफ्रिकी देशहरुको भ्रमणमा आफ्ना नागरिकहरुलाई रोक लगाएको जनाएको छ । बिहीबार इजरायलले सात ओटा अफ्रिकी देशलाई रातो सूचीमा राखेर ती देशको यात्रामा प्रतिबन्ध गरेकामाा शनिबार सबै अफ्रिकी देशमा नजान आफ्ना नागरिकमाथि प्रतिबन्ध लगाएको हो । त्यस्तै इजरायलले हाल करिब ५० ओटा अफ्रिकी देशहरुमा रहेका आफ्ना नागरिकहरुलाई पनि स्वदेश फर्किन भनेको छ । इजरायलले भनेको छ कि आफ्ना नागरिकहरु ती अफ्रिकी देशमा रहेका भए कम्तीमा सात दिनभित्रमा स्वदेश फर्किन पनि भनेको छ । यो नयाँ भेरिएन्ट विश्वका विभिन्न देशहरुमा देखिन थालिसकेको समाचारहरु आएका छन् । उता यो भेरिएन्ट भेटिएपछि बेलायतले अहिलेको भन्दा थप कडा प्रतिबन्धहरुको घोषणा गरेको छ । त्यस्तै अष्ट्रेलियामा पनि अफ्रिकी देशहरुबाट हुने यात्रमा कडाइ गरिएको छ । अष्ट्रेलियाले अरु देशबाट आउने उडानहरुका साथै विशेष गरी अफ्रिकी देशको यात्रामा थप निगरानी बढाइएको जनाएको छ । हालै अफ्रिकामा देखिएको यो भेरिएन्ट अहिलसम्मकै सबैभन्दा बढी खतरनाक पाइएको अनुसन्धानबाट देखिएको छ । यो भेरिएन्ट देखिएपछि यसको अनुसन्धान सुरु भएको बताइएको छ ।
अष्ट्रेलियामा ओमिक्रोन भेरियन्ट भेटियो
अष्ट्रेलियाका स्वास्थ्य अधिकारीहरूले आइतबार सिड्नीमा उडेका दक्षिणी अफ्रिकाका दुई यात्रुहरूको स्वास्थ्य परीक्षण गर्दा पहिलो पटक कोभिड ओमिक्रोन स्ट्रेन पत्ता लागेको जनाएका छन् । पूर्वी राज्य न्यू साउथ वेल्सको स्वास्थ्य प्राधिकरणले शीघ्र जीनोमिक परीक्षण उक्त सङ्क्रमण भेटिएको जनाएका छन् ।– एएनआई/स्पुतनिक