पाकिस्तानको पेशावरमा विद्यार्थी युनियनमाथिको प्रतिबन्धको विरोधमा प्रदर्शन

आइतबार, मंसिर १२, २०७८

पेशावर, पाकिस्तान, १२ मङ्सिर । पेशावर शहरका विद्यार्थीहरूले विद्यार्थी युनियनहरूमाथि प्रतिबन्ध लगाइएकोमा इमरान खानको सरकारको विरोधमा विरोध ¥याली गरेका छन् । विद्यार्थीलाई सुविधा उपलब्ध गराउनुपर्ने माग लेखिएका प्लेकार्ड तथा ब्यानर बोकेका विद्यार्थीले प्रदर्शनमा भाग लिएका थिए । प्रदर्शनकारीहरूले विद्यार्थी युनियनहरूको पुनस्र्थापनाको माग गरेका छन् ।
विद्यार्थी नेता कासिम खानले मार्शल लबाट विद्यार्थी युनियनलाई प्रतिबन्ध लगाएको भए पनि पछिल्ला सरकारले पनि प्रतिबन्धलाई निरन्तरता दिएको बताएका छन् । कासिम खानले विद्यार्थी युनियनमाथिको प्रतिबन्ध संविधानको धारा १७ को स्पष्ट उल्लङ्घन भएको बताए, जसमा भनिएको छ, “प्रत्येक नागरिकलाई सार्वभौमसत्ता वा अखण्डताको हितमा कानूनले लगाएको कुनै पनि उचित प्रतिबन्धको अधीनमा संघ वा युनियनहरू खोल्ने अधिकार हुनेछ ।“–रासस/एएनआई
 

प्रकाशित मिति: आइतबार, मंसिर १२, २०७८  २१:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार