सोसल मिडिया
Contact Us
युनिकोड
अबुधाबी, १२ मंसिर । संयुक्त अरब इमिरेट्समा सय प्रतिशत जनसंख्याले कोभिड(१९ विरुद्धको खोपको कम्तिमा एक डोज प्राप्त गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। दक्षिण अफ्रिकाले पहिलो पटक पत्ता लगाएको ओमिक्रोन नामक नयाँ संस्करणको भाइरसले बढाएको विश्वव्यापी चिन्ताको बीचमा यो जानकारी आएको हो । विश्व स्वास्थ्य संगठनले नयाँ भेरियन्ट डेल्टा स्ट्रेन भन्दा बढी संक्रामक भएको बताएको छ। युएईको स्वास्थ्य मन्त्रालयका अनुसार खाडी अरब राष्ट्रमा कोभिड-१९ भ्याक्सिनको कुल २१,८०२,०३२ डोज दिइएको छ।