विश्व स्वास्थ्य संगठन भन्छ, ‘वुहानको समुद्री खानाबाट कोभिड–१९ फैलियो’ 

शनिबार, माघ २४, २०७७

मस्को । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले चिनियाँ शहर वुहानको सामुद्रिक खाना राखिएको बजारबाट कोभिड–१९ को सङ्क्रमण फैलिएको अनुमान गरिएको जनाएको छ । डब्लुएचओका विशेषज्ञ अधिकारीले चीनको वुहानमा पुगेर गरेको अनुसन्धानबाट यो देखिएको उनीहरुले जनाएका हुन् । अन्यत्र कतै उत्पत्ति भएको कोभिड त्यहाँका सामुद्रिक खाना तथा तरकारी बजारबाट विस्तार भएको अुनमान उनीहरुको छ । चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको सङ्क्रमणबारे अनुसन्धान गर्न विश्व स्वास्थ्य सङ्गठनले अधिकारीहरु पठाएको थियो । डब्लुएचओका अधिकारीलाई पहिल्यैदेखि चीन पठाउन खोजिए पनि चीन सरकारले अनुमति दिएको थिएन । हालै उनीहरुले सो क्षेत्रमा पुगेर अनुसन्धान गरेका थिए । त्यस क्रममा गरिएको अनुसन्धानबाट कोभिड यहाँको सामुद्रिक खानाको बजारबाट विस्तार भएको पाइएको बताएका छन् । तर यो सङ्क्रमण अन्यत्र कतै देखिएको ती विज्ञहरुले बताएका छन् । उनीहरुले कोभिड–१९ को भाइरस कहाँबाट उत्पत्ति भएको हो भन्ने बारेमा अनुसन्धान गरिरहेको बताएका छन् । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को टिमले वुहान सहरमा रहेको वुहान इन्स्टिच्युट अफ भाइरोलोजीको अध्ययन गरेका थिए । उनीहरुले सो संस्थाको ल्याबको पनि अनुसन्धान गरेका थिए ।–सिन्ह्वा
 

प्रकाशित मिति: शनिबार, माघ २४, २०७७  १६:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार