सोसल मिडिया
Contact Us
युनिकोड
लन्डन । बेलायतमा आउने पर्यटकले अनिवार्य रुपमा क्वारेन्टिनमा बस्नुपर्ने भएको छ । बेलायत सरकारले यही फेब्रुअरी १५ तारिखदेखि यस्तो नियम बनाएको हो । बेलायत पुग्ने विश्वका विभिन्न ३० देशका पर्यटक अनिवार्य रुपमा क्यारेन्टिनमा बस्नुपर्ने भएको हो । यस्तो क्वारेन्टिन बेलायतको सरकारले आफंैले तोकेको मापदण्डअनुसार हुने पनि बताइएको छ । बेलायत सरकारले होटल, लज तथा अन्य स्थानमा आवश्यक मापदण्ड पूरा गरी यस्तो क्वारेन्टिन निर्माण गर्ने र कोरोना महामारी बढी प्रभावित रहेका विश्वका ३० देशका नागरिक बेलायत पुगेमा ती क्वारेन्टिनमा बस्नुपर्ने नियम बनाइएको छ । बेलायतमा नयाँ प्रजातिको भाइरस भित्रिन नदिनका लागि यो नयाँ प्रतिबन्दको घोषणा गरिएको बेलायत सरकारले जानकारी दिएको छ । दक्षिण अमेरिका, दक्षिण अफ्रिकालगायतका देशका नागरिकलाई यो प्रतिबन्द लगाइएको छ । ती देशका नागरिक बेलायत आएपछि अनिवार्य रुपमा १० दिनसम्म क्वारेन्टिनमा बस्नुपर्ने नियम बनाइएको हो ।– सिन्ह्वा