इटालीमा कोरोनाबाट ९० हजार भन्दा बढीको मृत्यु 

शुक्रबार, माघ २३, २०७७

रोम । इटालीमा गएको २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणको कारणबाट ४२२ जनाको मृत्यु भएपछि कोभिड–१९ बाट मृत्यु हुने कूल सङ्क्रमितको संख्या ९० हजार २४१ पुगेको छ । इटालीमा गत वर्षको फेब्रुअरीबाट कोरोना भाइरसको सङ्क्रमण देखा परेको थियो । यहाँ कोरोना भाइरस सङ्क्रमणको माहामरी शुरु भएयता हालसम्म २५ लाख ९७ हजार ४४६ जना कुल सङ्क्रमित भएका छन् । इटालीमा बुधबार १५ हजार ७४८ कोरोनाा मुक्त भएपछि कोभिड –१९ को संङ्क्रमण शुरुभएयता हालसम्म २० लाख ७६ हजार ९२८ जना कोरोना भाइरस सङ्क्रमणबाट मुक्त भएका छन् ।  बुधबार १३ हजार २७७ जना थप व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण देखेपछि सक्रिय सङ्क्र्मितको संख्या चार लाख ३० हजार २७७  रहेको जनाइएको छ ।

कोलोम्बियामा कोरोनाबाट ५५ हजार भन्दा बढीको मृत्यु 

कोलोम्बियामा कोरोना भाइरस सङ्क्रमणको कारण २५४ जनाको मृत्यु भएपछि कोभिड–१९ बाट मृत्यु हुने व्यक्तिको संख्या ५५ हजार १३१ पुगेको स्वास्थ्य र सामाजिक प्रतिरक्षा मन्त्रालयले जनाएको छ । २४ घण्टायता ९ हजार ७९० जना थप व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि कोलोम्बियामा कोरोना भाइरस सङ्क्रमितको कुल संख्या २१ लाख ३५ हजार ४१२ पुगेको छ । कोलोम्बियामा आगामी फेब्रुअरी २० बाट कोभिड १९ विरुद्धको खोप अभियान शुरु गरिने जनाइएको छ । यहाँँ सरकारले कोभिड–१९ को कारण लागू गरेको स्वास्थ्य आपतकालिन समयावधि फेबु्रअरी २८ सम्म विस्तार गरेको छ ।  मानिसहरुलाई भीडबाट जोगिन र सुरक्षाका उपायहरु अवलोकन गर्न सरकारले आग्रह गरेको छ ।–सिन्ह्वा
 

प्रकाशित मिति: शुक्रबार, माघ २३, २०७७  १९:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार