सोसल मिडिया
Contact Us
युनिकोड
साना, ५ मङ्सिर । यमनका हुथी विद्रोहीले अहिलेको यमनको साउदी अरेबिया नेतृत्वको सत्ता गठबन्धनका विरुद्धमा कारबाही गरेको जनाएको छ । हुथी विद्रोहीले साउदी अरेबियामा हमला गरेको बताए । यहाँको सरकारकाविरुद्धमा शनिबार व्यापक आक्रमण गरेको उनीहरुको दाबी छ । ती विद्रोहीले दिएको जानकारीअनुसार उनीहरुले साउदी अरेबियाका विभिन्न विमानस्थलमा पनि ड्रोनबाट बम हमला गरेका छन् । उनीहरुले ड्रोनबाट आक्रमण गरेको र यसरी गरिएका आक्रमणमा विभिन्न क्षेत्रका विमानस्थल पनि रहेको बताएका छन् । हुथीले यहाँका राजाको रियादस्थित दरबारलाई पनि लक्ष्य गरेर हमला गरेको जनाएका थिए । उनीहरुले साउदी अरेबिया नेतृत्वको सरकारको विरोध गर्दै आएकाले यहाँका राजाका विरुद्धमा पनि हमला गर्ने जनाएका छन् । शनिबारको हमला पनि यसैका विरुद्धमा भएको उनीहरुले बताएका छन् । उनीहरुले विगत लामो समयदेखि साउदी नेतृत्वको गठबन्धन सेनाले यमन छोड्नुपर्ने बताउँदै आएको छन् । शनिबार भएको सो हमलामा के कति क्षति भयो भन्ने बारेमा भने केही बताइएको छैन । इरानको सहयोगमा रहेका यी हुथी विद्रोहीले गरेको सोे हमलाको साउदी अरेबियाको सरकारले भने पुष्टि गरेको छैन । तर हुथीको टेलिभिजन अल मारिसाहले भने सो आक्रमण गरिएको बताएको छ ।– रासस/सिन्ह्वा