कोरोना भाइरसको महामारी फैलिएपछि इजरायली प्रधानमन्त्रीको विदेश भ्रमण स्थगित

  युएइ र बहराइनसँगको हवाई सेवा बन्द 
शुक्रबार, माघ २३, २०७७

जेरुसेलम । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको युनाइटेड अरब इमिरेट्स (युएइ) र बहराइनको भ्रमण स्थगित भएको छ । कोरोनाभाइरसको महामारी फैलिँदै गएपछि इजरायलमा लकडाउन कायमै रहेकाले उनले भ्रमण स्थगित गरेकोे अधिकारीहरूले जानकारी दिएका छन् । ‘युएइका राजा र युवराजको मैत्रीपूर्ण निमन्त्रणालाई प्रधानमन्त्री नेतान्याहुले स्वीकारर्दै भ्रमणमा जाने कार्यक्रम थियो र भ्रमण दुई देशबीचको सम्वन्धका लागि महत्वपूर्ण हुने अपेक्षा पनि थियो तर स्थगित गनुप¥यो’, नेतान्याहुको कार्यालयद्वारा जारी वक्तव्यमा उल्लेख छ । देशमा असामान्य अवस्था आएकाले प्रधानमन्त्रीले अति महत्वपूर्ण भ्रमण पनि स्थगित गर्नु परेको वक्तव्यमा लेखिएको छ ।  कोरोनाभाइरसको महामारीका कारण इजरायलमा हवाई सेवा बन्द भएकाले पनि नेतान्याहुलाई भ्रमण गर्न कठिनाई भएको हो । गत बुधबार आफू युएइ र बहराइन भ्रमणमा जाने योजना बनाएको नेतान्याहुले बताएका थिए ।–सिन्ह्वा
 

प्रकाशित मिति: शुक्रबार, माघ २३, २०७७  ०५:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार