माँ जानकी यातायात प्रालि अध्यक्षमा चौधरी चौथो पटक विजयी

आइतबार, मंसिर ५, २०७८

जनकपुरधाम, ५ मंसिर । माँ जानकी यातायात प्रालिको अध्यक्ष मनोज चौधरी चौथोपटक अध्यक्षमा निर्वाचत भएको छ । शनिबार रातिसम्म भएको मतगणनामा चौधरीसहितकाे प्लायन नै विजयी विजयी भएकाे हाे ।  यातायात प्रालिका विधानअनुसार यातायात प्रालिका ११ सदस्य सञ्चालन समितिको लागि २५ जनाले उम्मेदावारी दिएका थिए । २५ जनामध्ये ११ जना निर्वाचित सञ्चालन समितिले नै प्रालिको अध्यक्ष चयन गर्ने व्यवस्था छ । निर्वाचित ११ जनाले पुनः चौधरीलाई नै प्रालिको अध्यक्षमा चयन गरेका हुन् । याेसँगै चौधरी प्रालिको चौथो पटक अध्यक्ष भएका हुन् । 

प्रकाशित मिति: आइतबार, मंसिर ५, २०७८  १२:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार