तत्कालीन निर्देशक भण्डारी र उप-प्रबन्धक थापाविरुद्धको मुद्दा लिएर सर्वोच्च पुग्यो अख्तियार 

सोमबार, चैत २, २०८२

काठमाडौं । भक्तपुरको नलिञ्चोक हेलिपोर्ट निर्माण परियोजनामा संलग्न नागरिक उड्डयन प्राधिकरणका तत्कालीन निर्देशक मुरारी भण्डारी र उप-प्रबन्धक नलविक्रम थापालाई विशेष अदालतले दिएको धरौटी आदेशविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा निवेदन दायर गरेको छ । अख्तियारले प्रारम्भिक अनुसन्धानमा उक्त परियोजनामा करिब १३ करोड ५७ लाख रुपैयाँभन्दा बढी अनियमितता भएको निष्कर्ष निकालेको थियो । यही आधारमा भण्डारी, थापा र अन्य चार जनाविरुद्ध मंसिर १७ गते विशेष अदालतमा मुद्दा दायर गरिएको थियो । विशेष अदालतले मंसिर २१ मा भण्डारीलाई पाँच लाख रुपैयाँ र माघ १२ मा थापालाई दुई लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो । अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार यी आदेश त्रुटिपूर्ण रहेको भन्दै दुवैलाई पुर्पक्षका लागि थुनामा राख्ने माग गर्दै सर्वोच्चमा उजुरी गरिएको हो ।

प्रकाशित मिति: सोमबार, चैत २, २०८२  २१:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार