सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं, ५ मंसिर : नेपाल प्रहरीका २२ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा भएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले केही जिल्ला प्रहरी प्रमुखसहित २२ जनाको सरुवा गरेका हुन् ।
प्रहरी प्रधान कार्यालय मानवश्रोत विभागले शनिबार राति सार्वजनिक गरेको सरुवा सूचीमा अनुराग कुमार द्विवेदी मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट सुप प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय सरुवा भएका छन् ।
अविनारायण काफ्ले अख्तियार केन्द्रीय कार्यालय टंगालबाट जिल्ला प्रहरी कार्यालय सप्तरी सरुवा भएका छन् । कृष्ण प्रसाई जिल्ला प्रहरी कार्यालय सर्लाही, दिनेशराज मैनाली महानगरीय प्रहरी परिसर काठमाडौं, बसन्त रौजरे जिल्ला प्रहरी कार्यालय धनुषा, रमेशकुमार बस्नेत पर्सा, राकेश सिंह जिल्ला प्रहरी कार्यालय धनुषा, राजेन्द्रबाबु रेग्मी जिल्ला प्रहरी कार्यालय तनहुँ, रामप्रकाश शाह जिल्ला प्रहरी कार्यालय नुवाकोट सरुवा भएका छन् ।
सुरेन्द्रबहादुर गुरुङ्ग मकवानपुर, सोमेन्द्रसिंह राठोर यूएन जगेडा, होबिन्द्र बोगटी कानून शाखा नक्साल सरुवा भएका छन् ।
१३ प्रहरी निरीक्षक डीएसपीमा बढुवा सिफारिस
नेपाल प्रहरीका १३ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) बढुवाका लागि सिफारिस भएका छन् ।
प्रहरी प्रधान कार्यालय बढुवा समिति सचिवालयले शनिबार राति १३ जना इन्सपेक्टरलाई प्रहरी नायव उपरीक्षक (डीएसपी) मा बढुवाका लागि सिफारिस गरेको हो ।
बढुवा समितिका सदस्य सचिव एआईजी विश्वराज पोखरेलकाअनुसार एक नम्बरमा अनिशकुमार कर्ण (साइबर ब्यूरो) सिफारिस भएका छन् । त्यसपछि जेसी साह (केन्द्रीय विपद् व्यवस्थापन), विजय यादव (जिप्रका धनुषा), केशवकुमार शाह (विशेष ब्यूरो), मनोजकुमार शाही (ट्राफिक तनहुँ), लोकबहादुर गुरुङ (ललितपुर परिसर), नवीनकुमार अधिकारी (सुरक्षा सेवा व्यवस्थापन निर्देशनालय) रहेका छन् ।
त्यसैगरी श्यामबहादुर साउद (सुप प्रदेश प्रहरी कार्यालय), ऐनबहादुर मल्ल ठकुरी (अपराध अनुसन्धान विभाग), राजकुमार शाही (बालाजु वृत्त), राजेश कार्की (सशस्त्र प्रहरी गुल्म, काभ्रे), परशुराम मल्ल (आन्तरिक लेखा परीक्षक उपशाखा), भरतबहादुर शाह (प्रहरी प्रशिक्षण प्रतिष्ठान) रहेका छन् ।