सोसल मिडिया
Contact Us
युनिकोड
चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले नोभेम्बर २२ तारिख चीन र दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्घ (आसियान) बीचको वार्ता सम्बन्धको ३०औँ वार्षिकोत्सवको स्मरणमा बेइजिङमा आयोजना हुने शिखर सम्मेलनमा भाग लिने र अध्यक्षता गर्ने भएका छन् । भिडियो लिङमार्फत शिखर सम्मेलन हुने भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता हुवा चुनयिङले जानकारी दिएका हुन् ।
रुस र चीनबीचको सम्बन्ध इतिहासकै उच्च तहमा : पुटिन रुस र चीनबीचको सम्बन्ध इतिहासकै उच्चस्तरमा पुगेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन् । दुई देशले सहयोगलाई अझ प्रगाढ बनाउने बताउँदै पुटिनले रुसी विदेश मन्त्रालयको बोर्डको विस्तारित बैठकमा भन्नुभयो, “हामी जनवादी गणतन्त्र चीनमा हाम्रा असल छिमेकी र मित्रसँगको सम्बन्धलाई सुदृढ गर्ने प्रयत्न जारी राख्नेछौं", उहाँले २१औँ शताब्दीमा द्विपक्षीय सम्बन्धले प्रभावकारी अन्तरराज्यीय सहयोगको नमूनाका रूपमा काम गरेको बताए । राष्ट्रपति पुटिनले केही पश्चिमी देशहरूले “खुला रूपमा मस्को र बेइजिङको बीचमा फाटो ल्याउने प्रयास गरिरहेको “ समेत टिप्पणी गरेका छन् । “हाम्रा चिनियाँ मित्रहरूसँग मिलेर, हामी हाम्रो राजनीतिक, आर्थिक र अन्य सहयोग विस्तार गर्दै र अन्तर्राष्ट्रिय क्षेत्रमा कदमहरू समन्वय गरेर त्यस्ता प्रयासको जवाफ दिनेछौं", उनले भने ।– रासस/सिन्ह्वा