आँधीपछि क्यानडामा संकटकाल

बिहीबार, मंसिर २, २०७८

ओटावा, २ मंसिर । क्यानडाको पश्चिमी प्रान्त कोलम्बियामा संकटकाल घोषणा गरिएको छ । आँधीपछि सडक र रेल मार्ग अवरोध हुँदा संकटकाल घोषणा गरिएको हो । कोलम्बियामा मंगलबार राती ठूलो आँधी आएको थियो ।  आँधीपछिको पहिरोमा परेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका थिए । आँधीका कारण देशको सबैभन्दा ठूलो बन्दरगाह भ्यानकुभरसम्म पुग्ने बाटो अवरुद्ध छ । विपद् प्रभावित क्षेत्रका बासिन्दाको सहयोगका लागि ठूलो संख्यामा सुरक्षाकर्मी खटिएका छन् ।

प्रकाशित मिति: बिहीबार, मंसिर २, २०७८  १४:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार