सर्वोच्च फुलकोर्ट बैठक सुरु

बिहीबार, मंसिर २, २०७८

काठमाडौं, २ मंसिर । सर्वोच्च अदालतमा फुलकोर्ट बैठक सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको अध्यक्षतामा फुलकोर्ट बैठक सुरु भएको हो । अदालतमा देखिएका विवाद समाधान गर्न फुलकोर्ट बैठक राखिएको हो । बैठकमा सर्वोच्च अदालतमा मुद्दाको पेसी तोक्न गोलाप्रथा प्रणालीका सम्बन्धमा छलफल हुनेछ । गोलाप्रथाद्वारा पेसी तोक्ने न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको प्रतिवेदन लागू नगर्ने प्रधानन्यायाधीश जबराको निर्णयको विरोध गर्दै सर्वोच्चका न्यायाधीशहरू आन्दोलित भएका छन् । प्रधानन्यायाधीश जबराविरुद्धको आन्दोलनको नेतृत्व नेपाल बार एसोसिएसनले गरिरहेको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर २, २०७८  १४:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार