भारतले जनकपुरधामको विकासका लागि एक अर्ब रुपैयाँ उपलब्ध गराउने

बिहीबार, मंसिर २, २०७८

धनुषा, २ मङ्सिर । भारतीय जनता पार्टीका प्रवक्ता विजय सोन्कर शास्त्रीले प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधाम क्षेत्रको विकासका लागि घोषणा गरेको  एक सय करोड रुपैयाँ छिट्टै उपलब्ध हुने जानकारी दिएका छन् । धार्मिक भ्रमणका क्रममा जनकपुरधाम आएका उनले सञ्चारकर्मीसँगको सङ्क्षिप्त कुराकानीमा नेपाल र भारतको सम्बन्ध पौराणिक र ऐतिहासिक रहेको चर्चा गर्दै प्रधानमन्त्रीको  घोषणाबमोजिमको रकम चाँडै नै भारत सरकारले उपलब्ध गराउने जनाएका हुन् । प्रवक्ता शास्त्रीले रामायण सर्किट रेल्वे योजनामा जनकपुरधाम   पनि रहेको उल्लेख गरे । पूजाअर्चनाका लागि जानकी मन्दिर पुगेका शास्त्रीलाई मन्दिरका महन्थ रामतपेश्वर दासले गाई तस्करी रोक्न सुझाव दिएका थिए । उनले भने, “नेपालमा गौ हत्या भइरहेको छैन तर भारतमा चार÷चार शङ्काराचार्य भएर पनि गौ हत्या भइरहेको छ । यसलाई रोक्नुपर्छ । मेरो यो सन्देश प्रधानमन्त्री नरेन्द्र मोदीसम्म पु¥याइदिनुस् ।” प्रवक्ता शास्त्रीले जनकपुरधाम उपमहानगरपालिका–७ स्थित सवरी कुटीमा दलित समुदायका अगुवा नेताका साथै अन्य राजनीतिक दलका नेतासँग पनि भेटघाट गरेका थिए ।–रासस
 

प्रकाशित मिति: बिहीबार, मंसिर २, २०७८  १३:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार