सर्वोच्च रमिता : बाहिर वकिल कुटिए, भित्र मुद्दा छिनिए 

बिहीबार, मंसिर २, २०७८

काठमाडौं, २ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै धर्नामा बसेका कानुन व्यवसायीले सर्वोच्चको गेटमै कुटाइ खाइरहेका बेला दुई जना न्यायाधीश भने इजलासमा बसेर धमाधम मुद्दा सुनुवाइ गरेका छन् । नेपाल बार एसोसिएसनले बहस नगर्ने घोषणासहित मुल गेटमा आन्दोलन चर्काइरहेका बेला न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार चुडालले भने सातवटा मुद्दाको सुनुवाइ गरी अन्तिम आदेश जारी गरेका छन् । प्रहरीको कुटाइबाट एक दर्जनभन्दा बढी कानुन व्यवसायी घाइते भएपछि नेपाल बार यतिबेला आकस्मिक छलफलमा छ ।  तर, जबराले तोकेको इजालास नम्बर सातमा न्यायाधीशद्वयले सातवटा मुद्दाको सुनुवाइ गरी अन्तिम आदेश जारी गरेका छन् । सर्वोच्च अदालतका अनुसार तामेलीमा राख्न पेसी चढेका सातवटा रिट निवेदनलाई न्यायाधीशद्वयले तामेलीमा राख्ने आदेश दिएर बेञ्चबाट उठेका छन् । उनीहरू बुधबारबाट इजलास फर्किएका हुन् । मुद्दामा आदेश जारी गरेका उनीहरूले प्रधानन्यायाधीशले बोलाएको फुलकोर्ट बैठकमा सहभागी हुने भन्दै पेसीमा रहेका अन्य मुद्दा हेर्न नभ्याउने भनेका छन् । 

प्रकाशित मिति: बिहीबार, मंसिर २, २०७८  १३:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार