बारको धर्ना सुरू, प्रधानन्यायाधीशले तोके नौ इजलासमा २५९ मुद्दा 

बिहीबार, मंसिर २, २०७८

काठमाडौं, २ मंसिर । कानुन व्यवसायीको धर्नाका बीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बिहीबारका लागि नौ इजलास गठन गरेका छन् । बारले राजीनामा माग्दै धर्ना दिइरहेका बेला जबराले बालुवाटारस्थित निवासबाटै नौवटा इजलासका लागि २५९ मुद्दा सुनुवाइका लागि पेसी तोकेका छन् । आफूबाहेकका इजलास गठन गरेका जबराले उनीविरुद्ध आन्दोलन सुरु भएयता पहिलो पटक पूर्ण इजलास गठन गरेका छन् । १० नम्बर इजलासका न्यायाधीशद्वय तेजबहादुर केसी र मनोजकुमार शर्माले भने आफ्ना लागि तोकिएका संयक्त इजलासका लिखत दर्ता बदरका मुद्दा भने सुनुवाइ गर्ने बताइएका छन् । 

प्रकाशित मिति: बिहीबार, मंसिर २, २०७८  १२:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार