अरब सागरमा बनेकाे निम्न चापीय क्षेत्रकाे प्रभाव नेपालमा

बिहीबार, मंसिर २, २०७८

काठमाडौं, २ मंसिर : अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभाव नेपालमा परेकाे छ । जसकारण बिहीबार बिहानै बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा आंशिकदेखि सामान्य बदली छ ।

दिउँसो प्रदेश १, बागमती, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिममा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ ।

शुक्रबार उच्च पहाडी तथा हिमाली भू(भागहरुका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

शनिबार बागमती, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिममा आंशिकदेखि सामान्य बदली रहनेछ । गण्डकी र कर्णालीका हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

प्रकाशित मिति: बिहीबार, मंसिर २, २०७८  ०९:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार