देउवा असफल भइसके, उनकै कारण कांग्रेसमा विचलन आयो : प्रकाशमान सिंह

बुधबार, मंसिर १, २०७८

विराटनगर, १ मंसिर । कांग्रेसका नेता प्रकाशमान सिंहले सभापी शेरबहादुर देउवा असफल भइसकेको आरोप लगाएका छन् । विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्र्मीहरूसँग कुराकानी गर्दै उनले देउवाले नेतृत्व गरेपछि नै  कांग्रेसमा विचलन आएको दाबी गरे । कम्युनिष्टले संविधान जारी गर्न सकेनन् कांग्रेसले जारी गर्यो तर त्यही संविधान पछाडिको निर्वाचनबाट कांग्रेसको यस्तो अवस्थामा देउवाले पुराएको उनको आरोप छ। उनले न्यायलयमा देखिएको विरोधमा सरकार नबोलेकोमा आश्चर्य लागेको बताए । उनले ‘अर्ली इलेक्सन’ आवश्यक नभएको समेत बताए ।अहिले देशमा सरकार रहेकोले सरकारविहिन अवस्थामा मात्रै ‘अर्ली इलेक्सन’ आवश्यक हुने बताए । आश्नन अधिवेशनको सभापतिको बारेमा भने उनले केही बेलेनन् । 

प्रकाशित मिति: बुधबार, मंसिर १, २०७८  १३:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार