न्यायालयको गतिरोधमा सरकार मुखदर्शक भएर बस्न मिल्दैन : प्रकाशमान सिंह 

बुधबार, मंसिर १, २०७८

काठमाडौं, १ मंसिर । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले न्यायालयमा देखिएको गतिरोधमा सरकार मुदर्शक भएर बस्न नमिल्ने बताएका छन् । विराटनगरमा पत्रकारहरूसँग कुरा गर्दै उनले न्यायालय स्वतन्त्र निकाय भएकोले त्यहाँ देखिएको विवाद विधिसम्वत तरिकाले नै समाधान गर्नुपर्ने बताए । ‘न्यायालय स्वतन्त्र निकाय हो । सरकार न्यायापालिका भईरहेको विवादको मुखदर्शक हुनु हुँदैन । विधि र नियमअनुसार सरकारले छिटो न्यायालयको विवाद समाधान गनुपर्दछ’, उनले भने । एक दुई जना व्यक्तिका कारण सम्पूर्ण न्यायालयलाई नै विकृत बनाउन नहुने सिंहको भनाइ छ । 
 

प्रकाशित मिति: बुधबार, मंसिर १, २०७८  १२:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार