बारको धर्ना जारी, प्रधानन्यायाधीशले तोके १० इजलासमा १८६ मुद्दाको पेसी 

बुधबार, मंसिर १, २०७८

काठमाडौं, १ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसनले बुधबार पनि धर्ना कार्यक्रमलाई जारी राखेको छ ।  बारको धर्ना भइरहँदा प्रधानन्यायाधीश जबराले बुधबारका लागि १० इजलास गठन गरेका छन् । १० इजलासमा १८६ मुद्दाको पेसी चढाइएको छ ।  जबराको राजीनामालाई बटम लाइन बनाएर बार र सर्वाेच्च अदालतकै न्यायाधीशहरूले इजलास बहिस्कार गरिरहेका छन् । संवाद र वार्ताबाट समाधान खोज्न जबराले गरेको आग्रहलाई न्यायाधीश र बारले अस्वीकार गर्दै जबराकै राजीनामा नै समस्या समाधानको बाटो रहेको बताउँदै आएका छन् ।  कार्यपालिकासँग मिलेर राजनीति भागबण्डा खोजेकोलगायतका आरोप लगाएर जबराको राजीनामा मागिएको छ । 
 

प्रकाशित मिति: बुधबार, मंसिर १, २०७८  १२:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार