सोमालियालाई सहयोग गर्न संयुक्त राष्ट्रसङ्घको आग्रह

मंगलबार, कात्तिक ३०, २०७८

संयुक्त राष्ट्रसङ्घ, ३० कात्तिक । संयुक्त राष्ट्रसङ्घले सोमालियालाई सहायता गर्न विश्व समुदायलाई आग्रह गरेको छ । सोमालियमा चरम मात्रामा खाद्य सङ्कट पर्न लागेको भन्दै सहयोगका लागि सो आग्रह गरेको हो ।
संयुक्त राष्ट्रसङ्घले सोमालियामा अहिले पनि नागरिकले खाद्यान्न अभावको समस्या झेलिरहेको र यो समस्या आगामी वर्ष झन् ठूलो सङ्कटका रुपमा आउने बताएको छ ।
संयुक्त राष्ट्रसङ्घले अहिले पनि विद्यमान रहेको समस्या दिन प्रतिदिन बढ्दै गएको देखिएको हो । सोमालियामा अवस्थित संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायतासम्बन्धी निकायले खाद्य सङ्कटबारे यो जानकारी गराएको हो ।
मानवीय सहायतासम्बन्धी सहयोगका लागि संयुक्त राष्ट्रसङ्घीय कार्यालय (ओसिएचए) ले सोमालियामा आगामी सन् २०२२ को मे महिनासम्ममा खाद्यान्न अभावनको समस्या झन् बढ्ने जनाएको छ ।
सो संस्थाले सन् २०२२ को मे महिनासम्ममा कम्तीमा पनि ३५ लाख मानिसमा खाद्यान्न अभाव देखिने पाइएको जनाएको छ ।
लामो समयसम्म खडेरी परेका कारण नागरिक प्रभावित भएका हुन् । यसै वर्षको अप्रिलदेखि नै यहाँका मानिसले खाद्य सङ्कट व्यहोरिरहेका छन् ।
आवश्यक मात्रामा पानी नपरेका कारण उब्जनी नभएकोले खाद्यान्न उत्पादन हुन सकेको छैन त्यसैले उनीहरुलाई आवश्यक सहयोग उपलब्ध गराउनुपर्ने जनाइएको छ ।
त्यसैले यहाँ खाद्यान्न सहयोग गर्न सो राष्ट्रसङ्घीय निकायले सहयोगका लागि विदेशी दातृसंस्था या देशहरुलाई आग्रह गरेको हो । सो निकायले यहाँको अवस्था निकै गम्भीर बन्दै गएको भन्दै तत्कालै खाद्यान्न आवश्यक सहयोग गर्न विश्व समुदायलाई आग्रह गरेको हो ।– रासस/सिन्ह्वा

 

प्रकाशित मिति: मंगलबार, कात्तिक ३०, २०७८  २०:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार