प्रदेश २ मा बन्दको आंशिक प्रभाव 

मंगलबार, कात्तिक ३०, २०७८

जनकपुरधाम, ३० कात्तिक । नेकपा माओवादी विप्लव समूहले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ताकाे मागसहित आह्वान गरेको नेपाल बन्दको प्रभाव प्रदेश २ मा आंशिक मात्रै परेकाे छ । बन्दको कारण लामो दुरीको सवारीसधान साधन सन्चालनमा केही कमी भए पनि छाेटा दुरीका सवारी साधन पूर्ण रुपमा चलेका छन् । प्रदेश २ प्रहरी कार्यालयका अनुसार बन्दका कारण धनुषामा १०, महोत्तरीमा ४०, सर्लाहीमा २५, रौतहटमा २५, बारामा ५०, पर्सामा ५० र सप्तरीमा २५ प्रतिशत यातायातका सवारी सधान प्रभावित भएको प्रदेश प्रहरी कार्यालयले जनाएकाे छ । यसैगरि, प्रदेशका सबै जिल्लामा शैक्षिक संस्थानहरू पूर्ण रुपमा खुलेका छन् । यस्तै बारा र पर्साका १० प्रतिशत उद्योग कलकारखाना खुलेका छैनन् ।  बन्दलाई मध्यनजर गर्दै  जनकपुरसहितका जिल्लाहरूमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरिएको प्रहरीले जनाएकाे छ । यसैबीच, जनकपुरको मुजेलियामा सवारीसधानको सन्चालनमा रोक लगाउन पुगेका विप्लवका दुई जना कार्याकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले बताए । 
 

प्रकाशित मिति: मंगलबार, कात्तिक ३०, २०७८  १५:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार