सुनसरीमा विप्लव समूहका २२ कार्यकर्ता पक्राउ, यातायात ठप्प 

मंगलबार, कात्तिक ३०, २०७८

सुनसरी, ३० कात्तिक । बजार बन्द गराउँदै हिँडेका नेत्रविक्रम चन्द विप्लव समूहका २२ जना कार्यकर्ता सुनसरीबाट पक्राउ परेका छन् । बिहानैदेखि बन्द गराउँदै हिँड्ने २० जनालाई इटहरीबाट र अन्य दुई जनालाई धरानबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डीएसपी नरेन्द्र कार्कीले जानकारी दिए । इटहरीमा पसल बन्द गराउँदै हिँडेको भेटिएपछि तत्काल नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ । धरानमा सवारी साधन तोडफोड आरोपमा पक्राउ गरेको हो । ढुङ्गा प्रहारपछि कारको अगाडिको भाग फुटेको छ ।  पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा नेपाल बन्द गरेको विप्लव नेतृत्वको नेकपाले सवारी साधन र बजार बन्दको आह्वान गरेको छ । बिहानैदेखि धरान, इटहरी, इनरुवालगायतका बजार, छोटो तथा लामो दुरीका यात्रुबाहक बस, सवारी साधन बन्द छन् । 

प्रकाशित मिति: मंगलबार, कात्तिक ३०, २०७८  १४:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार