केन्द्रीय सदस्यमा उम्मेदवारी दिने एमाले नेतृ उषाकला राईको घोषणा 

मंगलबार, कात्तिक ३०, २०७८

खोटाङ, ३० कत्तिक । एमाले नेतृ उषाकला राईले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । प्रदेश १ की पूर्वसामाजिक विकास मन्त्री राईले मंगलबार दिक्तेलमा आयाेजित पत्रकार सम्मेलनमा एमालेको केन्द्रीय कमिटी सदस्यमा उठ्ने घोषणा गरेकी हुन् । राईले १० देखि १२ मंसिरसम्म चितवनमा हुने १०औं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय कमिटी सदस्यमा उठ्ने जानकारी दिएकी हुन् । जिल्लाका अन्य आकांक्षीले भने हालसम्म उम्मेदवारी घोषणा गरेका छैनन् । केन्द्रीय कमिटी सदस्यको उम्मेदवारीका विषयमा जिल्लाका नेतारूबीचमा थप छलफल गर्ने उनले बताएकी छन् ।  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेकी नेतृ राई कोदोको लोकल रक्सीलाई व्याण्ड होईन ब्राण्ड बनाइनु पर्ने ‘व्याण्ड भर्सेस ब्राण्ड’का अभियानकर्ता हुन् । खोटाङबाट पहिलो महिला मन्त्रीको इतिहास रचेकी उषाकला २०६४ सालमा पनि संविधानसभा सदस्य बनेकी थिइन् । एमालेको राष्ट्रिय अधिवेशनमा खोटाङका १४ जना प्रतिनिधि सहभागी हुँदैछन् । 

प्रकाशित मिति: मंगलबार, कात्तिक ३०, २०७८  १३:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार