एक लाख १६ हजारसहित नौ जुवाडे पक्राउ 

मंगलबार, कात्तिक ३०, २०७८

लमजुङ, ३० कात्तिक । लमजुङ प्रहरीले बेसीसहर नगरपालिका-११ रामचोकबेसीबाट जुवा खेल्दै गरेको अवस्थामा नाै जना जुवाडेलाई पक्राउ गरेको छ । प्रहरीले उनीहरूलाई सोमबार राति १ बजे पक्राउ गरेको हो ।  जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक जगदिश रेग्मीको नेतृत्वमा खटिएको टोलीले उनीहरूको साथबाट नगद एक लाख १५ हजार नाै सय २५ रुपैयाँसहित १६ गोटी कौडासमेत बरामद गरेको छ । पक्राउ परेका नौ जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: मंगलबार, कात्तिक ३०, २०७८  १२:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार