चक्कु प्रहार गरेर दाजुको हत्या, भाइ पक्राउ

मंगलबार, कात्तिक ३०, २०७८

इलाम, ३० कात्तिक । इलामको सन्दकपुर गाउँपालिका-१ चापगैरीमा भाइले दाजुको हत्या गरेका छन् । भाइ चक्र मुखियाले चक्कु प्रहार गरेर दाजु इच्छा मुखियाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले जानकारी दिए । घटना साेमबार साँझ पौने ६ बजे भएकाे हाे  । काका मानबहादुर मुखियाको घरमा मदिरा सेवनको क्रममा विवाद हुँदा भाइले दाजुलाई चक्कु प्रहार गरेकाे प्रहरीकाे दाबी छ । चक्कु प्रहार गरेर दाजुकाे हत्या गरेकाे आराेपमा प्रहरीले चक्रलाई प्रहरीले चक्कुसहित नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक ३०, २०७८  ११:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार