न्यायाधीश र बार पदाधिकारी छलफलमा जुट्दै, प्रधानन्यायाधीशकाे राजीनामा बटमलाइन

मंगलबार, कात्तिक ३०, २०७८

काठमाडौं, ३० कात्तिक । सर्वाेच्च अदालतका न्यायाधीश र नेपाल बार तथा सर्वाेच्च बार एसोसिएसनका पदाधिकारीबीच आज पनि छलफल हुँदैछ । मध्याह्न साढे १२ बजे सर्वाेच्चको एनेक्स हलमा छलफल हुने सर्वाेच्च बारका अध्यक्ष पूर्णमान शाक्यले जानकारी दिए । सोमबारको बैठकमा ११ न्यायाधीश छलफलमा उपस्थित थियो । तर, आजको बैठकम १९ जना न्यायाधीश नै सहभागी हुने श्रेष्ठले बताए । सोमबारको छलफलमा बारले प्रधानन्यायाधीशको राजीनामालाई नै बटमलाइन बनाएको छ । आजकाे छलफलबाट थप निर्णय हुने ठानिएकाे छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले वार्ताका लागि आह्वान गरे पनि कानुन व्यवसायीले अस्वीकार गरिसकेका छन् ।

प्रकाशित मिति: मंगलबार, कात्तिक ३०, २०७८  ११:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार